अखिल (क्रान्तिकारी) पद्मोदय मा. वि.को इकाई समितिको सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) पद्मोदय मा. वि.को इकाई समितिको सम्मेलन सम्पन्न

दाङ : अखिल (क्रान्तिकारी) पद्मोदय पब्लिक नमुना मा.वि. मुल इकाई समिति भरतपुर दाङको प्रथम सम्मेलन सम्पन्न भएको छ । समान, निशुल्क, सर्वसुलव, व्यवहारिक, वैज्ञानिक शिक्षा प्राप्तिको निम्ति संघर्ष गरौं ! शिक्षा क्षेत्रमा देखिएको बिकृति,विसंगति ,दलालीकरण,भ्रष्टिकरण, व्यापारीकरणको अन्त्य गर्न अघि बढौँ ! भन्ने मूल नारा सहित सम्मेलन सम्पन्न भएको हो । अखिल (क्रान्तिकारी) पद्मोदय नमुना मा.वि. का पुर्व संयोजक शंसाक सुबेदीको अध्यक्षतामा भएको सम्मेलनको प्रमुख आतिथि अखिल (क्रान्तिकारी) दाङ जिल्ला संयोजक अनिल केसीले रहेका थिए ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) दाङ जिल्ला सचिव खुमन पौडेल, सहसचिव सरद खत्री, अखिल (क्रान्तिकारी) दाङ जिल्ला सदस्यहरू दिपक केसी, भरत परियार, चुडामणी दाहाल, हिमाल केसी, अखिल (क्रान्तिकारी) रझेना मा. वि. इकाई समिति संयोजक नवीन पौडेलको आतिथ्यता रहेको थियो । प्रथम सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले शिक्षा क्षेत्रमा देखिएका विकृति, विसंगति, विभेद, व्यापारीकरण, दलालीकरणलाई निर्मुल गर्न सबै विद्यार्थी एकजुट हुनुपर्ने बताए । उनले संविधानमा माध्यमिक शिक्षा निशुल्क र अनिवार्य भनेर लेखिएको भएपनि आजसम्म कार्यान्वयन हुन नसक्नु दु:खद् भएको बताए । सामुदायिक विद्यालयमा अहिले पनि निजि विद्यालय सरह मनोमानी शुल्क ल्याएर श्रमजीवी जनताका छोराछोरीलाई हैरानी बनाइरहेको भन्दै यस्ता अबैध रुपमा शुल्क लिने शैक्षिक संस्था विरुद्ध निर्मम भएर जानू पर्ने बेला आएको बताए ।

साथै केसीले विद्यालयभित्र देखिएका सबै समस्याहरुलाई उजागर गर्दै विद्यालय प्रशासन समक्ष आफ्ना जायज मागहरु निरन्तर राखिरहन अनुरोध गरे । विद्यार्थी समाजको सचेत वर्ग भएकाले अध्ययन सँगसँगै राजनीतिक, सामाजिक, सांस्कृतिक कुराहरु पनि अध्ययन गर्न सुझाव दिदै यो संसदीय व्यवस्थाबाट विद्यार्थीहरुका मुद्दा, एजेन्डा, अधिकार प्राप्त गर्न सम्भव नभएकोले अब एक पटक सबै विद्यार्थीहरु यो पुँजीवादी संसदीय व्यवस्था खारेज गरेर जनताको वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्ने महान् यात्रामा लामबद्द हुनुपर्ने बेला आएको बताए । केसीले नवनिर्वाचित कमिटीलाई बधाई शुभकामना दिँदै संगठनको मुल्य, मान्यता, अनुशासनलाई कायम राख्दै निरन्तर आफ्नो अधिकारको निम्ति अध्ययन सँगसँगै संघर्ष गर्न अनुरोध गरे । सम्मेलनले खुम रिजालको अध्यक्षतामा ४९ सदस्यीय मूल इकाई कमिटी निर्वाचित गरेको छ । सम्मेलनले विभिन्न विभागहरु पनि गठन गरिएको अखिल (क्रान्तिकारी) पद्मोदय नमुना मा.वि.का नवनिर्वाचित अध्यक्ष खुम रिजालले जानकारी दिए । अध्यक्ष रिजालका अनुसार छात्रा विभाग संयोजक बिमला नेपाली र सहसंयोजक पुष्पा योगी, स्वास्थ्य तथा सरसफाइ विभाग संयोजक विपना थापा, सहसंयोजक लक्ष्मी बस्नेत, सदस्य समिक्षा पाण्डे, (क्रान्तिकारी) विद्यार्थी स्वयंसेवक विभाग संयोजक दिपेस ऐरी, सहसंयोजक करण पुन, खेलकुद तथा अतिरिक्त विभाग संयोजक दामोदर घर्ती र सहसंयोजक महेश बुढा, सदस्य बिन्दु लम्साल, हिमाल डागी, अनुशासन विभाग संयोजक भुमी थापा र सहसंयोजक निलम चौधरी, विज्ञान संकाय संयोजक अमृत बुढाथोकी सहसंयोजक पुष्पा योगी, व्यवस्थापन संकाय संयोजक प्रशान्त बुढा, सह संयोजक विपना थापा, सदस्य समिक्षा पाण्डे, शिक्षा संकाय संयोजक ललिता मगर र सहसंयोजक वर्षा बुढा निर्वाचित भएका छ्न् ।

पद्मोदय नमुना मा. वि. भरतपुर दाङ साविक राप्ती अन्चलकै पुरानो र सबै भन्दा ठूलो सामुदायिक विद्यालय हो जहाँ हाल करिब ६५०० (छ हजार पाँच सय) विद्यार्थी हाल अध्ययन गरिरहेका छन् । पद्मोदय मा.वि. मुल इकाइ समिति सदस्य तिलक खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मुल इकाइ समिति संयोजक खुम रिजालले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :