नेकपा तुलसीपुर कमिटीद्वारा जनश्रमदान

नेकपा तुलसीपुर कमिटीद्वारा जनश्रमदान

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत तुल्सिपुर नगर कमिटीद्वारा जनश्रमदान गरिएको छ । नेकपा तुलसिपुर नगर इन्चार्ज सरलको कमाण्डमा करिब १२ जना तुलसीपुर नगर पार्टीका नेता कार्यकर्ताको उपस्थितिमा तुलसीपुरमा जनताको खेतमा गहुँ काटेर श्रमदान गरिएको हो ।

नेकपा तुलसीपुर नगर इन्चार्ज सरलले भने, ‘हामीहरु कम्युनिस्ट विचार, सिद्धान्त, आदर्शलाई व्यवहारिक रुपमा लागू गरिरहेका छौँ ।’

जनश्रमदानमा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिमुलक सहभागिता रहेको थियो । नेपाल कम्युनिस्ट पार्टी यतिबेला जिल्ला जिल्लामा जनश्रमदानमा व्यस्त छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :