युवा सङ्गठनद्वारा स्याङ्जामा भित्तेलेखन

युवा सङ्गठनद्वारा स्याङ्जामा भित्तेलेखन

स्याङ्जा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपालले राष्ट्रिय सम्मेलनको तयारीस्वरुप देशैभरी भेला सम्मेलनहरु गरिरहेको छ । यसैबीच युवा सङ्गठन स्याङ्जाले चापाकोट नगरपालिकाको विभिन्न क्षेत्रमा दलाल संसदीय व्यवस्था खारेज गरौँ ! वैज्ञानिक समाजवादी व्यवस्था लागू गरौँ !! जस्ता नाराहरुसहित भित्ते लेखन गरेको हो ।

जेठ १४, १५ र १६ गते हुन लागेको राष्ट्रिय सम्मेलनको तयारीस्वरुप देशैभरी भेला सम्मेलन र भित्तेलेखन भैरहेको युवा संङ्गठन नेपालका केन्द्रीय संयोजक पाटन जंगलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :