रोल्पामा राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न

रोल्पामा राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न

लुङग्री : रोल्पाको लुङग्रीमा नेपाल कम्युनिस्ट पार्टीको राजनैतिक बैचारिक प्रशिक्षण सम्पन्न भएको छ ।

नेकपाका जिल्ला इन्चार्ज दिनेशबिक्रम चन्द र सेक्रेटरी शोभाराम रानाको आतिथ्यमा भएको प्रशिक्षणको अध्यक्षता लुङग्री गाउँ समिति इन्चार्ज नवीन बिष्टले गरेका थिए । प्रशिक्षणको सञ्चालन गाउँ समिति सेक्रेटरी श्रवण रोकाले गरेका थिए ।

शनिबार सम्पन्न प्रशिक्षणमा जिल्ला इन्चार्ज चन्द र सेक्रेटरी रानाले पार्टीको नयाँ नीति तथा कार्यक्रमको बारेमा स्पष्ट पार्नुका साथै जनताको लागि निरन्तर र अविचलित रूपमा लागिरहन उत्साहित गरिएको थियो । प्रशिक्षणमा राजनीतिक बैचारिक, संगठन, आर्थिक लगायतका विभिन्न विषयहरुमा छलफल गरिएको छ ।

लुङग्री गाउँ समितिमा नवीन र श्रवणको नेतृत्वमा दुई वटा ६÷६ जनाको एकीकृत जनदिशा अभियान टोली गठन गरिएको छ । प्रशिक्षणले पार्टीको योजनालाई कार्यान्यन गर्न उत्साहित बनाएको भन्दै सहभागीहरूले पार्टीको योजनालाई युवा र जनसमुदायको बीचमा राख्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :