माओवादी सेनाको एम्बुसमा परि ज्यान गुमाउने सुरक्षाकर्मीको सङ्ख्या २२ पुग्यो

माओवादी सेनाको एम्बुसमा परि ज्यान गुमाउने सुरक्षाकर्मीको सङ्ख्या २२ पुग्यो

काठमाडौँ : भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का सेनाले थापेको एम्बुसमा परि मृत्यु हुने सुरक्षाकर्मीको सङ्ख्या २२ पुगेको छ । भारतको बस्तर डिभिजन अन्तर्गत बिजापुर जिल्लाको तारेम जङ्गलमा शनिबार माओवादी सेनाले थापेको एम्बुसमा परि २२ जनाको मृत्यु भएको पुष्टि भएको हो । उक्त घटनामा ठूलो सङ्ख्यामा सुरक्षाफौज घाइते भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

माओवादी सेनाहरूले तालिम गरिरहेको भन्ने सूचनाको आधारमा सर्च अप्रेसनमा गएको ४ सय जनाको सरकारी फौजमाथि भएको एम्बुस आक्रमणमा २२ जना सुरक्षाकर्मीको मृत्यु भएको तर मृतकको सङ्ख्या त्यो भन्दा बढि हुनसक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । केही दिन पहिले मात्र सोही क्षेत्रमा माओवादी एम्बुसमा परेर ५ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको थियो । (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :