जनपत्रकार संगठन नेपाल डडेल्धुराको संयोजकमा मनोज

जनपत्रकार संगठन नेपाल डडेल्धुराको संयोजकमा मनोज

डडेल्धुरा : जनपत्रकार संगठन नेपाल डडेल्धुराको प्रथम बैठकले मनोज रावतको संयोजकत्वमा ७ सदस्यीय आयोजक समिति गठन गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै नेकपा डडेल्धुरा इन्चार्ज दौलत बिष्टले डडेल्धुरामा भइरहेको भ्रष्टाचार, बेथिति र विसङ्गतिहरुको उजागर गर्दै जनताको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । साथै उनले आफ्नो पार्टीको एजेन्डा बैज्ञानिक समाजवाद अब राष्ट्रिय एजेन्डा भइसकेको र उक्त एजेन्डामाथि सम्पूर्ण बुद्धिजिवी, राजनीतिक दल, नागरिक समाजसँंगै सुरक्षाकर्मीसँंग बृहत छलफल र बहस गर्ने बताए ।

बुधबार सम्पन्न बैठकमा जनपत्रकार संगठन नेपालका सेती–महाकाली व्युरो संयोजक प्रकाश थापाले जनपक्षीय पत्रकारिताका लागि कसैसँंग कुनै पनि प्रकारको सम्झौता नगर्न समेत आग्रह गरे ।

जनपत्रकार संगठनले बिभिन्न खालका अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने, जनपक्षीय पत्रकारिता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा छलफल र बहस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :