गोरखामा जनजागरण तथा संगठन सुदृढीकरण अभियान तिव्र

गोरखामा जनजागरण तथा संगठन सुदृढीकरण अभियान तिव्र

गोरखा : नेपाल कम्युनिस्ट पार्टी गण्डक व्युरो अन्तर्गत गोरखा जिल्लामा जारी जनजागरण तथा संगठन सुदृढीकरण अभियानमा नेकपाले भित्ते लेखन तथा श्रमदान गर्ने कार्यलाई तिव्रता दिएको छ ।

गत चैत ५ गतेदेखि सुरु भएको १ महिने जनजागरण तथा संगठन सुदृढीकरण अभियानकै क्रममा केही दिन अगाडि गोरखा नगरपालिकाको बाह्रकिलोमा श्रमदान बिहीबार गोरखा नगरपालिकाकै दसकिलोमा श्रमदान गरेको हो ।

उक्त श्रमदानमा नेकपा गोरखाका जिल्ला इन्चार्ज, जिल्ला सेक्रेटरीसहित विभिन्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो । साथै सोही क्रममा नेकपा गोरखाले दसकिलो र बाह्रकिलोमा भित्तेलेखन समेत गरेको छ ।

गत फागुन २१ गते सरकार र नेकपाबीच वार्ता भई २ वर्षदेखि लगाएको प्रतिबन्ध फुकुवा भएसँगै देशव्यापी जनजागरण अभियान संचालन गरेको नेकपाले गण्डक व्युरो अन्तर्गत गोरखा जिल्लाका विभिन्न जनवर्गीय संगठनहरु महिला संघ, किसान महासंघ, शिक्षक संगठनको भेला तथा बैठकहरु सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :