नेकपा नवलपुरद्वारा मानसिहं ठगुन्नाप्रति श्रद्धाञ्जली

नेकपा नवलपुरद्वारा मानसिहं ठगुन्नाप्रति श्रद्धाञ्जली

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी नवलपुरले पार्टीका जिल्ला समिति सदस्य धनसिंह ठगुन्नाको बुबा मानसिहं ठगुन्नाको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेको छ । नवलपुरको कावासोती नगरपालिका १ हात्तिखोरका स्थायी बासिन्दा ६८ बर्षीय ठगुन्नाको चैत्र १८ अर्थात बुधबार आफ्नै निवासमा निधन भएकोप्रति नेकपाले दुःख व्यक्त गरेको हो ।

नेकपाका नवलपुर इन्चार्ज ध्रुवले बिहिबार जारी गरेको शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी नवलपुर जिल्ला कमिटी सदस्य कमरेड धनसिंह ठगुन्नाको बुवा ६८ बर्षीय मानसिंह ठगुन्नाको असायमिक निधनले हामीलाई अत्यन्तै मर्माहत बनाएको छ । कावासोती नगरपालिका वडा नंं १, हात्तीखोरमा बस्दै आउनु भएका आदरणीय बुवा ठगुन्नाको २०७७ चैत १८ गते आफ्नै निवासमा दुखद् निधन भएको छ । लामो समयदेखि क्यान्सरको उपचार गराउँदै आउनुका ठगुन्नाको निधनप्रति हार्दिक श्रद्धाञ्जली एवं शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :