सम्मेलनको तिव्र तयारीमा युवा सङ्गठन

रुकुम पश्चिम : नेकपा निकट युवा सङ्गठन नेपालले आउँदै गरेको राष्ट्रिय सम्मेलनको तयारी ब्यापकरुपमा गरिरहेको  छ । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप युवा सङ्गठनले देशैभरी जिल्ला भेला र सम्मेलनहरु गरिरहेको छ ।

यसैबीच युवा सङ्गठन रूकुम पश्चिमले जिल्लामा आफ्ना गतिविधि बढाएको छ । यतिवेला युवा सङ्गठन नेपाल रुकुम पश्चिमका नेताकार्यकर्ताहरु जनश्रममा लागेको त्यहाँबाट गमानसिङ घर्तीले बताएका छन् । घर्तीका अनुसार यहि बैशाख २४ गते पश्चिम रुकुमको चौथो जिल्ला सम्मेलन आठबिसकोट नगरपालिकाको राडी बजारमा गर्ने तय भएको छ । सम्मेलन हुने भनिएको स्थानमा झण्डा ब्यानरले सजिसजाउ पारिएको र भित्तेलेखन पनि गरिएको युवा सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :