दैलेखको दुल्लुमा नेकपाको कोणसभा

दैलेखको दुल्लुमा नेकपाको कोणसभा

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखले जिल्लाका विभिन्न ठाउँमा कोणसभाहरु गरिरहेको छ ।

यसैबीच बिहिबार मात्र नेकपाले जिल्लाको दुल्लु नगरपालिकामा कोणसभा सम्पन्न गरेको छ । कोणसभालाई सम्वोधन गर्दै जिल्ला ईन्चार्ज दिपेन्द्रले दलाल संसदिय व्यवस्थाबाट देशको स्वाधीनताको रक्षा र जनताको मुक्ति हुन नसक्ने भएकाले बैज्ञानिक समाजवादी व्यवस्था आवश्यक भएको बताए । साथै उनले वर्तमान असफल संसदिय व्यवस्थाको विकल्प दिन आफ्नो पार्टी तयार भएको वताए । कोणसभालाई  दीपलामाले पनि सम्वोधन गरेका थिए ।

प्रकाशले सञ्चालन गरेको कार्यक्रममा ज्वाला सहिद स्मृति साँस्कृतिक परिवारले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :