युवा सङ्गठन नेपाल सिन्धुलीको प्रथम सम्मेलन

युवा सङ्गठन नेपाल सिन्धुलीको प्रथम सम्मेलन

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल सिन्धुलीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले तेज लामाको अध्यक्षतामा १७ सदस्यीय समिति निर्वाचित गरेको छ ।

कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारका संयोजक सरल माझी, सिन्धुली जिल्ला इन्चार्ज गोपाल ब्लोन, मिथिला स्वायत्त, जनपरिषद् प्रमुख तथा जनकपुर ब्युरो सदस्य पवन महतो, युवा सङ्गठन नेपाल जनकपुर ब्युरो इन्चार्ज विचारमान थिङलगायतले बधाई तथा शुभकामना दिएका थिए ।

रवि गोलेको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता तेज लामाले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल थिए । कार्यक्रममा सामना परिवारले जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :