अखिल क्रान्तिकारी शिवराज नगरको तेस्रो सम्मेलन सम्पन्न

अखिल क्रान्तिकारी शिवराज नगरको तेस्रो सम्मेलन सम्पन्न

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) शिवराज नगर समितिको तेस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुशील रोकाको अध्यक्षतमा १७ सदस्यीय नगर समिति चयन गरेको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले हरेक किसिमको शैक्षिक उत्पीडनबाट मुक्त रहन आन्दोलन गर्नुको विकल्प नरहेको बताए । उनले घोकन्ते शिक्षाको अन्त्य गरी व्यावहारिक शिक्षा स्थापना गर्न सङ्घर्ष आवाश्यक रहेको बताए ।

क्षेत्रीले वर्तमान शिक्षाप्रणाली बेरोजगार युवा उत्पादन गर्ने, युवाहरूलाई खाडी मुलुकमा पठाउने विदेशी शिक्षा नीतिको अन्त्य गर्न आवश्यक रहेको पनि बताए ।

नेकपा शिवगढी सेक्रेटरी पावेलले एकीकृत जनक्रान्तिको यात्रामा विद्यार्थी लामबद्ध भएर अघि बढ्नुपर्ने बेला आएको र विद्यार्थीले आवश्यक परे बलिदान दिनसमेत तयार हुनुपर्ने बताए ।

युवा सङ्गठन नेपालका अध्यक्ष बादलले दलाल पुँजीवादी व्यवस्थालाई खरानी पार्न युवा विद्यार्थीहरू तयार रहनुपर्ने बताए ।

नवनिर्वाचित अध्यक्ष रोकाले शिवराज नगरभित्रका हरेक शैक्षिक समस्या हल गर्नका लागि सङ्घर्ष गर्न तयार रहेको र विद्यार्थीलाई विभिन्न बहानामा शुल्क लिने शैक्षिक दलाललाई ठीक पार्न विद्यार्थीले आन्दोलनको आँधीबेहेरी सुरु गर्नुपर्ने बताए ।

सम्मेलन सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीको प्रमुख आतिथ्य, नेकपा शिवगढी गाउँ समिति सेक्रेटरी पावेल, युवा सङ्गठन नेपाल कपिलवस्तुका जिल्ला अध्यक्ष बादलको आतिथ्य र इमानबहादुर सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :