नेकपाको कार्यक्रममा प्रहरी हस्तक्षेप

नेकपाको कार्यक्रममा प्रहरी हस्तक्षेप

सिन्धुपाल्चोक : नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक जिल्लाले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा व्यापक प्रहरी हस्तक्षेप भएको छ ।

बुधबार बिहान जुगल गाउँपालिका बराम्चीमा भएको जनसभा बिथोल्न प्रहरी निरीक्षक हरि भट्टराईको नेतृत्वमा आएका प्रहरीले अनावश्यक खानतलासी गर्ने, सोधपुछ गर्ने, फोटो खिच्ने र जनतालाई घरघरमा गएर आतङ्कित पारेको जानकारी नेकपा सिन्धुपाल्चोकका इन्चार्ज युगीनले दिए ।

नेकपाले फागुनदेखि देशव्यापी जागरण अभियान जारी राखेको छ । यो दमन सरकार र नेकपाबीचको वार्ता र सहमतिलाई भाँड्ने नियोजित उद्देश्यले गरिएको षड्यन्त्रमूलक काम भएको जिल्ला इन्चार्ज युगीनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :