अछामका भित्ताहरू नेकपाका नाराले रङ्गिए

अछामका भित्ताहरू नेकपाका नाराले रङ्गिए

साँफेबगर : नेपाल कम्युनिस्ट पार्टी अछामले भित्तेलेखन सुरु गरेको छ । अछाम जिल्लाको साँफे नगरपालिका र चौरपाटी गाउँपालिकाका विभिन्न स्थानका भित्ताहरूमा मङ्गलबार नेकपा र अखिल क्रान्तिकारीसँग सम्बन्धित नाराहरू लेखिएको हो ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी र पार्टीको प्रचारप्रसार अभियानलाई सहयोग पुग्ने गरी भित्तेलेखन गरिएको जानकारी नेकपा साँफे नगर इन्चार्ज अविरलले दिए । उनका अनुसार भित्तेलेखन अभियान जिल्लाभरि सञ्चालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :