किसान महासङ्घ र महिला सङ्गठन गोरखाको भेला

किसान महासङ्घ र महिला सङ्गठन गोरखाको भेला

गोरखा : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) गोरखाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले विष्णुप्रसाद रिजालको नेतृत्वमा १३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

गोरखाको पालुङटार नगरपलिका ७ खोलाघाटस्थित सहिद शुक्र तमुको गाउँमा मंगलबार सम्पन्न भेलामा सम्बोधन गर्दै भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी गोरखाका जिल्ला इन्चार्ज प्रतीकले असफल भइसकेको संसदीय व्यवस्थामा किसानहरू सबैभन्दा बढी पीडित भएकाले किसानहरूको उत्थानका लागि वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य आवश्यक भएको बताए । प्रतीकले आफ्नो पार्टी उत्पीडित किसानहरूका पक्षमा निरन्तर काम गर्दै आइरहेको र त्यसका लागि सम्पूर्ण किसानहरू सङ्घर्षमा उत्रिनुपर्ने बताए ।

विष्णुप्रसाद रिजालले सञ्चालन गरेको उक्त भेलामा नेकपाका मनाङ इन्चार्ज योगेन्द्र कुमाल, जिल्ला सेक्रेटरी सरल र मजदुर सङ्गठनकी गण्डक ब्युरो संयोजक माया चेपाङ उपस्थित थिए ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीको महिला सङ्गठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी गोरखा जिल्लाको प्रथम जिल्ला भेला मङ्गलबार पालुङटार नगरपालिका ७ खोलाघाटमा सम्पन्न भएको छ । भेलाले अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी गोरखा जिल्लाको सम्मेलनका लागि निता चेपाङको नेतृत्वमा ११ सदस्यीय आयोजक समिति गठन गरेको छ ।

भेलामा नेपाल कम्युनिस्ट पार्टी गोरखा जिल्ला इन्चार्ज प्रतीक प्रमुख अतिथि रहेको र मनाङ इन्चार्ज योगेन्द्र कुमाल, नेकपा गोरखा सेक्रेटरी सरल, मजदुर सङ्गठनकी गण्डक ब्युरो संयोजक माया चेपाङ अतिथि रहेका थिए । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी गोरखाकी संयोजक निता चेपाङले कार्यक्रमको अध्यक्षता गरेकी थिइन् ।

उक्त भेलामा भेलाका प्रमुख अतिथि रहेका नेकपा गोरखाका इन्चार्जले आफ्नो अधिकार प्राप्त गर्न र महिला हिंसा अन्त्यका लागि महिलाहरू चुलोचौको छोडेर अगाडि बढ्नुपर्ने बताए । उनले संसदीय व्यवस्थामा महिलाका अधिकार कागजमा मात्रै सीमित हुने भन्दै व्यवहारमा उतार्न संसदीय व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनैपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :