जनपत्रकार सङ्गठनले कञ्चनपुरमा बनायो सङ्गठन

जनपत्रकार सङ्गठनले कञ्चनपुरमा बनायो सङ्गठन

महेन्द्रनगर : जनपत्रकार सङ्गठन नेपालको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा बसेको बैठकले गणेश सार्कीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

बैठकमा सम्बोधन गर्दै नेकपा कञ्चनपुर इन्चार्ज रमेश नेपाली ‘जीवन’ ले जनपत्रकार एउटा सचेत शक्ति र मोर्चा भएकाले क्रान्तिकारी मिसन पत्रकारिता गर्नुपर्ने बताए । उनले समाजमा लुकेर रहेका समस्यालाई उजागर गर्नुपर्ने र पार्टीनीतिमा अघि बढ्पर्ने पनि बताए ।

बैठकलाई सम्बोधन गर्दै जनपत्रकार सङ्गठन नेपालका सेम ब्युरो संयोजक प्रकाश थापाले पत्रकार एउटा चेतनशील वर्ग भएकाले समाजमा रहेका विकृति र विसङ्गतिका विरुद्धमा बोल्नुपर्ने बताए । उनले जनपत्रकार अन्य व्यावसायिक पत्रकारभन्दा भिन्न पत्रकार सङ्गठन भएको हुँदा कमाउ धन्दामा नलागी विचारमा प्रतिबद्ध भएर सञ्चार क्षेत्रलाई मिसनसहित अगाडि बढाउनुपर्ने धारणा राखे । बैठकको अध्यक्षता र सञ्चालन गणेश सार्कीले गरेका थिए ।

बैठकको प्रमुख अतिथि नेकपा जिल्ला इन्चार्ज आकाश, विशिष्ट अतिथि जनपत्रकार सङ्गठन नेपाल सेम ब्युरो संयोजक प्रकाश थापा, अतिथिहरूमा अखिल (क्रान्तिकारी) सेम ब्युरो संयोजक वीरेन्द्र शाह, युवा सङ्गठन नेपालका सेम ब्युरो कार्यालय सचिव मनमोहन जोशी, युवा सङ्गठनका अध्यक्ष वीरेन्द्र जोशी, अखिल क्रान्तिकारीका अध्यक्ष ललित एसकेलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :