अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा सङ्गठन विस्तार

अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा सङ्गठन विस्तार

कपिलवस्तु : अखिल (क्रान्तिकारी) कपिलवस्तुले सङ्गठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । सङ्गठन विस्तार गर्ने क्रममा मङ्गलबार कपिलवस्तुको शिवपुर नगरपालिकास्थित शिवपुरको नेपाल आदर्श क्याम्पसमा पवन श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय एकाइ समिति गठन गरिएको छ । सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले शिक्षा क्षेत्रमा भएका तमाम समस्याहरू उठान गर्न र समाधान गर्न सम्पूर्ण विद्यार्थीलाई सङ्गठनमा लामबद्ध हुन आह्वान गरेका थिए । अखिल (क्रान्तिकारी) ले जेठमा हुने २२ औँ राष्ट्रिय सम्मेलनको तयारीस्वरूप देशव्यापी रूपमा सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :