जनपत्रकार सङ्गठन कैलालीको संयोजकमा थापा

जनपत्रकार सङ्गठन कैलालीको संयोजकमा थापा

धनगढी : जनपत्रकार सङ्गठन नेपाल कैलालीको बैठक धनगढीमा सम्पन्न भएको छ । बैठकले लोकेन्द्र थापाको संयोजकत्वमा ९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

बैठकमा नेकपाका कैलाली इन्चार्ज दीपेन्द्र चलाउनेले पत्रकार समाजको सचेत वर्ग भएकाले समाजका हरेक विकृति र विसङ्गतिका विरुद्धमा बोल्नु र लेख्नुपर्ने बताए ।

बैठकमा जनपत्रकार सङ्गठन सेती–महाकाली संयोजक प्रकाश थापा र केन्द्रीय सदस्य धर्मसिंह विकको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :