अखिल क्रान्तिकारीद्वारा भित्तेलेखन

अखिल क्रान्तिकारीद्वारा भित्तेलेखन

कपिलवस्तु : अखिल (क्रान्तिकारी) कपिलवस्तुले सङ्गठनको २१ औँ जिल्ला सम्मेलन तथा २२ औँ राष्ट्रिय सम्मेलनको तयारीस्वरूप जिल्लाका विभिन्न स्थानमा नाराहरूसहित वालपेन्टिङ गरेको छ । कपिलवस्तु जिल्लाका विभिन्न क्याम्पस, स्कुल, बजार, चोक र सहरका सार्वजनिक स्थलका भित्ताहरूमा वालपेन्टिङ गरिएको सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले बताएका छन् ।

वैज्ञानिक शिक्षा लागू गर, एकीकृत जनक्रान्ति जिन्दावाद, घोकन्ते शिक्षाप्रणालीे अन्त्य गर, वैज्ञानिक समाजवादी शिक्षाप्रणाली स्थापना गरौँ, अखिल (क्रान्तिकारी) जिन्दावादलगायत नाराहरू लेखिएको र लुम्बिनी ब्युरोका सबै जिल्लाले वालपेन्टिङ गरिरहेको जानकारी पनि क्षेत्रीले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :