संसदीय व्यवस्था खारेज गर्छौं : चन्द

संसदीय व्यवस्था खारेज गर्छौं : चन्द

रोल्पा : नेपाल कम्युनिस्ट पार्टीका रोल्पा सेक्रेटरी दिनेश चन्दले आफ्नो पार्टी संसदीय व्यवस्थामा चोचोमोचो मिलाउन नगएको र यसलाई खारेज गरेर वैज्ञानिक समाजवाद स्थापनातर्फ अघि बढिरहेको बताएका छन् ।

रोल्पाको गङ्गादेव ३ जिनाबाङमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा चन्दले आफ्नो पार्टी संसदीय व्यवस्थामा विलीन हुन वार्तामा आएको नभई देश र जनताको आवश्यकतालाई ध्यान दिएर सहमति गरेको पनि बताए ।

कार्यक्रमका विशिष्ट अतिथि शोभाराम राना ‘विस्फोट’ ले पार्टी निर्माणका आधारहरू अघि सार्दै पार्टी अनुशासनको प्रक्रियामा बाँधिन कार्यकर्ताहरूलाई दिशानिर्देश गरे ।

गङ्गादेव गाउँ समितिका इन्चार्ज किरणको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँ समिति सेक्रेटरी मुस्कानले गरेका थिए भने अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य प्रेमबहादुर वली, शिक्षक महासङ्घका केन्द्रीय सदस्य रमेश मल्ल, अखिल नेपाल किसान सङ्घका केन्द्रीय सदस्य मङ्गल, युवा सङ्गठन नेपालका जिल्ला संयोजक दिल्लीरमण वली ‘असल’, गङ्गादेव गाउँ समिति सत्ता प्रमुख पूर्णबहादुर वली, पूर्वजनमुक्ति सेना कमान्डर तिलकराम वली ‘टाइगर’ अतिथि थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :