ललितपुरमा अटो मोबाईल्स र यातायात मजदुर संघको जिल्ला सम्मेलन

ललितपुरमा अटो मोबाईल्स र यातायात मजदुर संघको जिल्ला सम्मेलन

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी अटो मोबाईल्स श्रमिक संघको ललितपुरको दोस्रो जिल्ला सम्मेलन चापागाउँमा सम्पन्न भएको छ । सम्मेलनले ११ सदस्यीय अटो मोबाईल्स श्रमिक संघको जिल्ला कार्य समिति निर्वाचित गरेको हो ।

सम्मेलनले अध्यक्षमा हरिशरण तामाङ, उपाध्यक्ष राजेन्द्र रूम्बा, सचिव राजु रूम्बा र सदस्यहरु अमृत मगर, सुनिल तामाङ, पुर्ण रुम्बा, सोनाम लामा, बिक्रम तामाङ, निराजन लोप्चन, बुद्धिमान घिसिङ, अलिज तामाङलाई जिल्ला सम्मेलनबाट निर्वाचित भएका हुन् । यसैगरी ललितपुर जिल्लामा अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको ललितपुर जिल्ला कमिटी पुर्नगठन गरी ज्ञानबहादुर तामाङको संयोजकत्वमा १३ सदस्यीय रहनेगरी जिल्ला कार्य समिति गठन गरिएको समाचार प्राप्त भएको छ ।

उक्त कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक शिशिर थापामगर, ललितपुर जिल्ला महासंघका अध्यक्ष रजकुमार मगर, यातायात मजदुर संगठनका महासचिव दिपेन्द्र घिमिरे यातयातका उपत्यका संयोजक लालबहादुर तामङको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै महासंघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक बिनोद थापाले उपस्थित मजदुरहरुलाई प्रशिक्षण मन्तब्य राख्दै मजदुर वर्गले असफल दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशातिर लाग्नुपर्ने बताउँदै मजदुर विरोधी श्रम ऐन कानुन खारेज गरेर मजदुरको हितमा नयाँ कानुन बनाउनुपर्ने र त्यसको लागि जुझारु संगठनको आवश्यकता पर्ने औल्याउँदै देशैभरीका उत्पीडित मजदुरले आफ्नो हक अधिकार सुनिश्चितताको लागि संघर्ष गर्नुपर्ने बताउँदै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :