कञ्चनपुरका भित्तामा अखिल (क्रान्तिकारी) का नाराहरु

कञ्चनपुरका भित्तामा अखिल (क्रान्तिकारी) का नाराहरु

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कञ्चनपुरले महेन्द्रनगरका विभिन्न सार्वजनिक स्थानका भित्ताहरूमा आइतबार नाराहरू लेखेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को आसन्न २२ औँ राष्ट्रिय सम्मेलनलाई मध्यनजर गर्दै अखिल क्रान्तिकारीले आफ्ना कामलाई तिब्र गतिमा अघि बढाएको हो ।

राष्ट्रिय सम्मेलनको प्रचार–प्रसार गर्ने उद्देश्यले सदरमुकाम महेन्द्रनगरका विभिन्न ठाँउमा भित्ते लेखन सम्पन्न गरेको छ । बजार क्षेत्र लगायत विभिन्न स्थानमा वैज्ञानिक समाजवाद जिन्दावाद, दोहोरो परीक्षा प्रणाली अन्त्य गर, समान शिक्षा लागु गर, अखिल (क्रान्तिकारी) जिन्दावाद लगायतका नाराहरू लेखिएका छन् । वैज्ञानिक समाजवादी शिक्षा लागू हुनुपर्छ, कसैले पनि गुणस्तरीय शिक्षा पाउनुबाट वञ्चित हुनु हुँदैन, उच्च शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्छ भन्ने आफ्नो संगठनको धारणा रहेको जिल्ला संयोजक ललित एसकेले जानकारी दिए ।

भित्ते लेखन कार्यमा कञ्चनपुर जिल्ला संयोजक ललित एसकेको नेतृत्वमा जिल्ला सचिव भरत बिक लगायत जिल्ला सदस्यहरूको सहभागिता रहेको र भित्तेलेखन, प्रचार–प्रसार लगायतका सम्मेलन तयारीका कामलाई जिल्लाभरि निरन्तरता दिने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :