अखिल (क्रान्तिकारी) नवलपुर र रूपन्देहीले गर्यो वालपेन्टिङ

अखिल (क्रान्तिकारी) नवलपुर र रूपन्देहीले गर्यो वालपेन्टिङ

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) नवलपुर र रूपन्देहीले शनिबार जिल्लाका विभिन्न सार्वजनिक स्थलका भित्ताहरुमा वालपेन्टिङ नाराहरू लेखेको छ ।

शिक्षामा भएको निजीकरण अन्त्य गर, समान शिक्षा प्रणाली लागू गर, वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापना गरौँ, निःशुल्क शिक्षा लागू गर, अखिल (क्रान्तिकारी) जिन्दावाद लगायतका नाराहरु विभिन्न स्थानहरूमा लेखिएको संगठनका लुम्बिनी ब्युरो संयोजक विरेन्द्र विकले जानकारी दिएका छन् ।

वालपेन्टिङलाई लुम्बिनी ब्युरोका सबै जिल्लाहरूमा लेखिने पनि संयोजक विकले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :