कपिलवस्तु वाणगंगा नगर समितिको अध्यक्षतामा बिनोद गिरी

कपिलवस्तु वाणगंगा नगर समितिको अध्यक्षतामा बिनोद गिरी

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कपिलवस्तु जिल्ला अन्तर्रगत वाणगंगा नगर समितिको ४ औँ सम्मेलन शनिबार सम्पन्न भएको छ ।

उक्त सम्मेलनका प्रमुख अतिथि अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो संयोजक विरेन्द्र विकले दलाल पुँजीवादी शिक्षाको अन्त्य गरी वैज्ञानिक समाजवादी शिक्षा नै अबको एक मात्र विकल्प रहेको बताए । उनले हरेक प्रकारका समाजका खराब प्रवृत्ति, विकृति, विसंगती अन्त्यको निमित्त युवा विद्यार्थीको निकै ठूलो महत्व रहेको बताए । संयोजक विकले शैक्षिक क्षेत्रमा देखिएका व्यापारीकरण, निजीकरण, माफियाकरणका विरुद्ध संगठनले निरन्तर आवाज उठाउँदै आइरहेको र संगठन विस्तारलाई तिव्रता दिएको बताए ।

कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले शिक्षामा देखिएको चरम शोषण, विद्यार्थीमाथि गरिएको ज्यादती, आम विद्यार्थीको हक हितको निम्ति अब अखिल (क्रान्तिकारी) एक मात्र विकल्प रहेकोले विद्यार्थीहरु लामबद्ध हुनुपर्ने समय आएको बताए । उनले विद्यार्थी र अभिभावकबाट विभिन्न बाहानामा लिने गरेको चर्को शुल्कको विरुद्ध अब हाम्रो संगठनले कडा संघर्ष गर्ने र संघर्षमा आबद्ध हुन सम्पूर्ण विद्यार्थीहरूलाई अपिल समेत गरेका छन् । उनले बिज्ञानले घोकन्टे शिक्षाको अन्त्य भई दैनिक जीवनमा प्रयोग आउने, मोबाइल, टेलिभिजन कसरी चलाने भन्दा पनि अब कसरी बनाउने भन्ने व्यवहारिक शिक्षाको आवश्यक रहेको समेत बताए ।

नवनिर्वाचित अध्यक्ष बिनोदले विद्यालयले विभिन्न बाहनामा लिने गरेको चर्को शुल्क विरुद्धको लडाइँमा सधैँ नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सम्मेलनले बिनोद गिरीको अध्यक्षतामा २१ सदस्यीय नगर समिति चयन गरेको छ । कार्यक्रम जिल्ला सदस्य बिनोद गिरीको अध्यक्षता र बिनिता ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :