महत्वपूर्ण निर्णय गर्दै नेकपा भिमदत्त नगर समितिको बैठक सम्पन्न

महत्वपूर्ण निर्णय गर्दै नेकपा भिमदत्त नगर समितिको बैठक सम्पन्न

महेन्द्रनगर : नेपाल कम्युनिस्ट पार्टी भीमदत्त नगर समिति कञ्चनपुरको पाँचौँ बैठक सम्पन्न भएको छ । भिमदत्त नगर समिति सचिव नरेन्द्र भाटको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला इन्चार्ज रमेश नेपाली प्रमुख अतिथि रहेका थिए ।

प्रमुख अतिथि तथा कञ्चनपुर जिल्ला इन्चार्ज रमेश नेपालीले बैठकलाई सम्बोधन गर्दै आफ्नो पार्टीले एकीकृत जनक्रान्तिको माध्यमबाट देशमा वैज्ञानिक समाजवाद स्थापना गर्ने बताएका छन् । देशमा बढ्दै गएको भ्रष्टाचार, कालोबजारी, महंगी र दलालीको विरोध गर्दा सरकारले नेकपा माथि प्रतिबन्ध लगाएको स्मरण गर्दै सरकारले प्रतिबन्ध हटाए पछि आफ्नो पार्टी वार्तामा आएर राजनीतिक समस्याको समाधान शान्तिपूर्ण रूपमा गर्न सहमत भएको बताए । केही मान्छेहरू नेकपा सरकारमा जाँदैछ, केपी ओलीसँग पार्टी एकता गर्दैछ भनेर भ्रम सिर्जना गरिरहेको भन्दै त्यस्ता भ्रमपूर्ण अफवाहको भण्डाफोर गर्नुपर्ने बताए । उनले जोड दिँदै भने हाम्रो पार्टी संसदीय व्यवस्था मानेर सरकारमा कुनै पनि हालतमा जाँदैन । आफ्नो पार्टी देशको व्यवस्था छान्ने अधिकार जनतालाई दिनुपर्छ भन्ने पक्षमा रहेको उनको भनाई थियो ।

बैठकका अध्यक्ष तथा नगर कमिटी सचिव नरेन्द्र भाटले बैठक समापन गर्दै पार्टीको विचार, नीति र कार्यक्रम लिएर जनतामा जान सबै पार्टी सदस्यलाई अनुरोध गरे । वडा कमिटी, सेल कमिटी लगायत संगठन विस्तार गर्नुपर्ने आवश्यकता रहेको भन्दै आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । बैठकमा अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष पुष्पराज जोशी, सेती–महाकाली स्वास्थ्य विभाग प्रमुख राम भट्ट, कमान इन्चार्ज मनमोहन जोशी, भीमदत्त नगर इन्चार्ज खडक विष्ट, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष ललित एसके लगायत अन्य नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :