अर्घाखाँचीका भित्ताभरी अखिल (क्रान्तिकारी) का नाराले रङ्गिए

अर्घाखाँचीका भित्ताभरी अखिल (क्रान्तिकारी) का नाराले रङ्गिए

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीले सदरमुकामका बिभिन्न विद्यालय तथा सार्वजनिक स्थलका भित्ताहरुमा विद्यार्थी हकहितका नाराले रङ्गाएको छ ।

अखिल (क्रान्तिकारी) अर्घाखाँचीले राष्ट्रिय सम्मेलनलाई इंगित गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकीकृत जनक्रान्ति हाम्रो आन्दोलन, वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि काठमाडौँ हुन लागेको राष्ट्रिय सम्मेलन भव्य रुपमा सफल पारौँ । लकडाउनको समयमा असुल गरेको शुल्क तुरुन्त फिर्ता गर, शिक्षामा भएको निजीकरण अन्त्य गर, समान शिक्षा प्रणाली लागू गर लगाएतका नाराहरुलाई प्रथामिकता दिदैँ भित्ते लेखन गरिरहेको छ ।

अध्यक्ष नवीन खड्काले लाखौँ विद्यार्थीको भविष्यको केन्द्र अखिल (क्रान्तिकारी) भएको हुनाले सम्पूर्ण सचेत युवा विद्यार्थीहरु संगठनमा गोलबन्द हुन अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :