युवा संगठन, नेपाल टिकापुर नगर अध्यक्षमा हिक्मत

युवा संगठन, नेपाल टिकापुर नगर अध्यक्षमा हिक्मत

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन, नेपाल कैलालीले संगठन विस्तार अभियानलाई तिव्रता दिइएको छ । संगठन विस्तार अभियान अन्तर्गत जिल्लाको टिकापुर नगरपालिकामा नगर कमिटी गठन गरिएको हो ।

नव निर्वाचित कमिटीले हिक्मतको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी गठन गरेको छ । एक औपचारिक कार्यक्रमकाबीच सो कमिटी गठन गरिएको थियो ।

कार्यक्रममा युवा संगठन, नेपालको जिल्ला संयोजक पुष्प भट्ट ‘ओम’, नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्ला सचिवालय सदस्य तथा टिकापुर नगर इन्चार्ज रमेश, युवा संगठन, नेपाक बाजुरा जिल्ला सयोजक उज्वल, दिपक चन्द र बिक्की ओझा लगायत नेताकार्यकर्ताको आतिथ्यतामा युवाहरुको सहभागिता रहेको थियो ।

युवा संगठन, नेपाल कैलालीका संयोजक ओमले समाज रुपान्तणमा युवाहरुको भुमिका र दलाल पुँजीपति संसदीय व्यवस्थाले देशमा सृजना गरेका समस्याबारे प्रष्ट पारे । कार्यक्रमको सञ्चालक बिक्की ओझाले गरेका थिए भने स्वागत मन्तव्य दिपकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :