तनहुँमा जनसम्बन्ध सुदृढ अभियान शुरु

तनहुँमा जनसम्बन्ध सुदृढ अभियान शुरु

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी तनहुँले चैत १२ गते दमौली बजारबाट जिल्ला स्तरिय अभियानको उद्घाटन शुरु गरेको छ । पार्टी केन्द्रीय सदस्य तथा गण्डक व्युरो इन्चार्ज उमा भुजेलको प्रमुख आथित्य र तनहुँ जिल्ला इन्चार्ज निशान, व्युरो सदस्य निरु थापालगायत अतिथिहरुको सहभागिता रहेको समाचार प्राप्त भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि उमा भुजेलले वर्तमान राजनैतिक अवसथा र हालै सरकार र नेपाल कम्युनिस्ट पार्टीले लिएको ३ बुँदे सहमतिबारे र नेकपाले लिएको एकीकृत जनक्रान्तिमार्फत नेपाली अधुरो क्रान्ति सम्पन्न गरी नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना ल्याउन सबै नेताकार्यकर्ता र आम जनसमुदायहरु लाग्नुपर्ने कुरामा जोड दिइन् ।

गरिव दुई सय जनाको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता एटमले गरेका थिए भने सञ्चालन नेत्र थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :