तीनबुँदे सहमति कार्यान्वयन गर्न माग

दैलेख : सरकार र नेपाल नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमति भएको लामो समय बितिसक्दा पनि सरकारी पक्षले कार्यान्वयन नगरेको एक कार्यक्रमका वक्ताले बताएका छन् ।

दैलेखको आठबीस नगरपालिकामा आयोजित कार्यक्रमका वक्ताले तीनबुँदे सहमति छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका हुन् ।

सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी दैलेखका इन्चार्ज दीपेन्द्रले सरकार र नेकपाबीच भएको ३ बुँदे सहमति सरकारी पक्षले इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताए । साथै उनले वैज्ञानिक समाजबाद किन आवश्यक छ भन्ने विषय जनतालाई बुझाउन आवश्यक रहेको पनि बताए ।

शनिबार आयोजित कार्यक्रमका वक्ताहरूले सरकारलाई नेकपासँग गरेको तीनबुँदे सहमति इमानदारीसाथ पालना गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा ज्वाला सहिद सांस्कृतिक परिवारले जनवादी गीतसङ्गीत प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :