काठमाडौँको तुवाँलो मानव स्वास्थ्यका लागि गम्भीर खतरा

काठमाडौँको तुवाँलो मानव स्वास्थ्यका लागि गम्भीर खतरा

काठमाडौँ : काठमाडौँ उपत्यकामा एकाएक वायु प्रदूषनको दर उच्च बनेपछि मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने चिकित्सकहरूले बताएका छन् ।

लामो समयसम्म पानी नपरेको, निकै सुक्खा भएको, धुलो र धुवाँले वातावरण निकै प्रदूषित बन्दै गएको समयमा देशका विभिन्न ठाउँमा अत्यधिक डढेलो लागेपछि आकाश धुमिल भएकाले काठमाडौँमा आकाश निकै फोहोर भएको र यसले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने चिकित्सकको भनाइ छ ।

विशेषगरी यस्तोखाले तुवाँलोले मानिसको आँखा र फोक्सोमा गम्भीरखाले असर गर्न सक्छ । केही दिनयता देशैभरिका विभिन्न जङ्गलहरूमा आगलागी भइरहेको छ । देशभरिका विभिन्न ५ सयभन्दा बढी स्थानमा डढेलो लागेको छ । साथै धुलो र धुवाँले बालबालिका र दीर्घरोगी प्रभावित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :