युवा संगठन नेपाल, बाग्लुङको भेला सम्पन्न

युवा संगठन नेपाल, बाग्लुङको भेला सम्पन्न

बाग्लुङ : युवा संगठन नेपाल, बाग्लुङको प्रथम जिल्ला भेला आज सम्पन्न भएको छ । राष्ट्रघात, जनघात, भ्रष्टाचार र लागू औषधका विरुद्ध संघर्ष गरौँ!  एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादको पक्षमा प्रथम जिल्ला भेला भव्य रुपमा सफल पारौँ!! भन्ने मूल नाराका साथ युवा संगठन, नेपाल बाग्लुङको जिल्ला भेला सम्पन्न भएको हो ।

भेलाले सुन्दरको नेतृत्वमा २७ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

भेलामा प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य एवम् धौलागिरी ब्युरो इन्चार्ज ध्रुव घिमिरे ‘विप्लव’, अथितीहरु युवा संगठन नेपालका केन्द्रीय महासचिव सागर, ने. क. पा. बाग्लुङ जिल्ला इन्चार्ज आकाश, ने. क. पा. बाग्लुङ जिल्ला सेक्रेटरी क्रान्ति, युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा धौलागिरी ब्युरो इन्चार्ज विजयकुमार रहेका थिए ।

सुन्दरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेत्र शाहीले गरेका थिए ।                                                  

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :