अमेरिकामा ३ करोड ७ लाख सङ्क्रमित, ५ लाख ५८ हजारको मृत्यु

अमेरिकामा ३ करोड ७ लाख सङ्क्रमित, ५ लाख ५८ हजारको मृत्यु

काठमाडौँ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या ३ करोड ७ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ६६ हजार ५३८ जनामा सङ्क्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३ करोड ७ लाख ४ हजार २९२ पुगेको हो । सङ्क्रमितमध्ये अहिलेसम्म २ करोड ३१ लाख ३२ हजार ८७९ जना सङ्क्रमणमुक्त भएका छन् ।

त्यसैगरी अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ५ लाख ५८ हजार नाघेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ४०५ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतकको सङ्ख्या ५ लाख ५८ हजार ४२२ पुगेको छ । त्यस्तै उपचार गराइरहेका ७० लाख १२ हजार ९९१ जनामध्ये ८ हजार ८२३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :