अखिल (क्रान्तिकारी) रोल्पाको विस्तारित वैठक

रोल्पा : अखिल क्रान्तिकारी रोल्पाको आठौँ विस्तारित बैठक सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी शोभाराम रानाको प्रमुख आतिथ्यता तथा विद्यार्थी संगठनका केन्द्रीय सदस्य प्रितिमा चौधरीको विशिष्ट आतिथ्यतामा सुरुभएको कार्यक्रममा जिल्ला उपाध्यक्ष प्रदीप, जिल्ला सचिव शिस कुमार घर्ती र छ जना सदस्यहरुको उपस्थिति रहेको थियो ।

मन्तव्यको क्रममा विशिष्ट अतिथि प्रितिमा चौधरीले सम्पूर्ण विद्यार्थीहरु डाइनामिक बन्नुपर्ने वैज्ञानिक समाजवाद स्थापनार्थ विद्यार्थीले अहम भूमिका खेल्न प्रेरित गर्नु भएको थियोे । यस्तै प्रमुख अतिथि शोभारामले सबै जनसको निम्ति पार्टीले अविभावकत्व निभाउन तयार रहेको बताए । यसै बैठकबाट जिल्ला सम्मेलन भव्य रुपले सफल पार्नका निमित्त क्षेत्र नं. १ मा प्रदीपको नेतृत्वमा शिसकुमार, वागवीर लगायतका सदस्यहरुलाई जिम्मेवारी दिएको छ भने क्षेत्र नं.२ मा हरिबहादुर वलीको नेतृत्वमा खिम समिर, गोबिन्द लगायतका सदस्यहरुलाई जिम्मेवारी दिएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता एवम् सञ्चालन अधिवेशन आयोजक समितिका संयोजक हरिबहादुरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :