नेकपाद्वारा रुकुममा जनश्रमदान, कोणसभालाई तिव्रता दिँदै

नेकपाद्वारा रुकुममा जनश्रमदान, कोणसभालाई तिव्रता दिँदै

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले एकीकृत जनदिशा अभियान अन्तरगत श्रमदान, कोणसभालाई तिव्र पारेको छ ।

सानो भेरी गाउँपालिका वडा नम्बर ५ का तिलक पुन सन्जालको घर माथिबाट पैरो आएर घरको आधि भाग माटोले पुरेको थियो । त्यहीँ माटोलाई पन्छाउने कार्य गरेर नेकपाका अभियान टोलीले जनश्रमदान गरिरहेको छ । यसअघि एकपटक घरकै सदस्यले केही भाग माटो हटाए पनि झनै ठूलो माटो ढिस्को झरेपछि जिल्ला पार्टी श्रमदानमा खटिएको हो । श्रमदान अझै केही दिनसम्म जारी रहने बताइएको छ ।

माघ ७ गते उद्घाटन भएको एकीकृत जनदिशा अभियान अन्तरगत जिल्लाको बाँफीकोट गाउँपालिका छिनखेत, नेटा बजार, स्यार्पुदह, नदुवा बजार, आठबिसकोट नगपालिकाको राडीबजार, चिसापानी, सानो भेरी, सिम्ली, चौरजाहारी नगरपालिकाको चौरजारी बजार, खोलागाउँ, त्रिवेणी गाउँपालिकाको नुवाकोट, झुल्नेटा सिम्रसतु लगायतका ठाउँमा कोणसभा गरेको छ ।

यसै क्रममा बजारका विभिन्न स्थानमा वालपेन्टिङ अन्तरक्रिया गर्दै अभियान जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :