अखिल (क्रान्तिकारी) कञ्चनपुर जिल्ला संयोजकमा ललित एसके

अखिल (क्रान्तिकारी) कञ्चनपुर जिल्ला संयोजकमा ललित एसके

कञ्चनपुर : अखिल (क्रान्तिकारी) ले काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनको तयारीलाई विशेष जोड दिने गरी जिल्लामा संगठन विस्तार, शुद्धीकरण गर्ने र सम्पूर्ण व्यवस्थापनका पाटालाई समाल्ने गरी ललित एसकेको संयोजकत्वमा १९ सदस्यीय आयोजक कमिटी गठन गरेको छ ।

बैठकमा प्रमुख अतिथि पार्टी जिल्ला इन्चार्ज आकाशले देशकै समग्र परिस्थिति हामीले भनेको ठाउँमा पुगेको र हामीले आकलन गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा सफल हुने र अबको एक मात्र विकल्प भनेकै वैज्ञानिक समाजवाद भएको बताएका थिए ।

त्यसैगरी सेती–महाकाली ब्युरो इन्चार्ज वीरेन्द्र शाहले राष्ट्रिय सम्मेलनलाई एकदम भव्य सभ्य र सुसंस्कृत बनाउन सबै कमरेडहरुले आ–आफ्नो तहबाट दृढताका साथ लाग्न अपिल र निर्देशन गरेका थिए ।

अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष ललित एसकेको अध्यक्षतामा बसेको उक्त बैठकमा पार्टीका जिल्ला इन्चार्ज आकाश र अखिल (क्रान्तिकारी) सेती–महाकाली ब्युरो इन्चार्ज वीरेन्द्र शाह, केन्द्रीय सदस्य बबरजंगसिंह लगायत जिल्लाका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :