प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता, ३ बुँदे सहमति कार्यान्वयनमा जोड

प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता, ३ बुँदे सहमति कार्यान्वयनमा जोड

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रधानमन्त्री केपी शर्मा ओली बीच सोमबार वालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा महासचिव ‘विप्लव’ ले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको नेकपाका केन्द्रीय सदस्य तथा वार्ताटोली सदस्य उदयबहादुर चलाउने ‘दिपक’ ले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच गत फागुन २० गते नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका नेकपाका नेता र कार्यकर्ता रिहाई गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो । सोमबारको भेटमा महासचिवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी सरकारको ध्यानाकर्षण गराएका हुन् । जवाफमा प्रधानमन्त्री ओलीले नेता कार्यकर्ता रिहाइका लागि आफूहरु लागिरहेको जवाफ दिएको वार्ता टोली सदस्य दिपकले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :