सेती–महाकालीमा बिसु जनसांस्कृतिक परिवार पुर्नगठन, विधागत प्रशिक्षण सुरु

सेती–महाकालीमा बिसु जनसांस्कृतिक परिवार पुर्नगठन, विधागत प्रशिक्षण सुरु

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरोले बिसु जनसांस्कृतिक परिवारको पुर्नगठन गर्दै एक महिने विधागत प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको छ । ब्युरो इन्चार्ज प्रशान्तको प्रमुुख आतिथ्यमा सम्पन्न बिसु परिवार पुर्नगठन तथा विधागत प्रशिक्षण कार्यक्रममा प्रमुख विधागत प्रशिक्षकको रुपमा जनसांस्कृतिक महासंघको केन्द्रीय कोषाध्यक्ष जनकलाकार आरोह नेपालीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिमल, आरोह र प्रशान्तले सम्बोधन गर्दै बिसु जनसांस्कृतिक परिवारको पुर्नगठन समितिले सधैं नेपालको राजनैतिक तथा सांस्कृतिक आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको सम्झना गर्दै वर्तमान समयमा हावी भइरहेका दलाल पुँजीवादी संस्कृतिको अन्त्य गरी नयाँ वैज्ञानिक समाजवादी संस्कृतिको निर्माणको निमित्त महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए ।

कार्यक्रममा ब्युरो कार्यालय सचिव प्रकाश, जिल्ला इन्चार्ज बिमल, कमल, किरण, प्रतिक लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमा सुरेन्द्रको अध्यक्षता रहेको थियो भने गोविन्द विश्वकर्माले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :