रूपन्देहीमा सहिद स्मृति दिवस तथा ११ औँ शिक्षक दिवस

रूपन्देहीमा सहिद स्मृति दिवस तथा ११ औँ शिक्षक दिवस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठन, रुपन्देहीले शिक्षक सहिद खडकबहादुर देवकोटा स्मृति दिवस तथा बलिदान दिवसमा सहिदहरुको सम्झना गर्दै सहिद स्मृति दिवस तथा ११ औँ शिक्षक दिवस, समसामयिक शैक्षिक तथा पेशागत सवालमा समीक्षा गरेको छ ।

अखिल नेपाल शिक्षक संगठन, रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा विभिन्न वक्ताहरूले संगठनमा आबद्ध रहेर सहिदहरूको सुन्दर सपनाहरू पूरा गर्नको निमित्त जस्तोसुकै कठिन र अप्ठ्यारा परिस्थितिहरूको पनि सामना गर्ने बताएका थिए । साथै शैक्षिक क्षेत्रमा देखिएका विभिन्न माफियाकरण, व्यापारिकरणको पनि अन्त्य गर्ने समेत बताए ।

संगठनका जिल्ला उपाध्यक्ष अर्जुनप्रसाद पोख्रेलको अध्यक्षतामा केन्द्रीय अध्यक्ष घनश्याम पाठकको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला सचिव दिपक बन्जाडेको सञ्चालनमा उपाध्यक्ष दिलिप बेलवासेले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :