युवा सङ्गठन दोगडाको भेला

युवा सङ्गठन दोगडाको भेला

बैतडी : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल बैतडी दोगडा केदार गाउँपालिकाको भेला सम्पन्न भएको छ ।

भेलामा प्रमुख अतिथि नेकपा बैडीका जिल्ला सेक्रेटरी लक्ष्मण, विशिष्ट अतिथि युवा सङ्गठन नेपाल सेती–महाकाली ब्युरो सदस्य तथा बैतडी जिल्ला अध्यक्ष दिलीप, अतिथि प्रवासी नेपाली जनसमाज भारतका अनुभव र नेकपा दोगडा केदार गापाका इन्चार्ज आजाद रहेका थिए ।

खोचलेकमा आयोजित भेलाले दीपकको अध्यक्षतामा ११ सदस्यीय दोगडा केदार गाउँपालिका समिति गठन गरेको सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :