गोरखामा जनजागरण अभियान आरम्भ

गोरखामा जनजागरण अभियान आरम्भ

गोरखा : नेपाल कम्युनिस्ट पार्टीले गण्डक ब्युरोअन्तर्गत गोरखा जिल्लामा एकमहिने जनजागरण अभियान आरम्भ गरेको छ ।

पार्टी केन्द्रीय सदस्य एवम् गण्डक ब्युरो इन्चार्ज उमा भुजेल ‘शिलु’ र गोरखा जिल्ला इन्चार्ज प्रतीकको उपस्थितमा गोरखाको अजिरकोट गाउँपालिकामा शनिबार अन्तरक्रिया कार्यक्रम गर्दै नेकपाले जनजागरण अभियान आरम्भ गरेको हो ।

उक्त कार्यक्रममा उपस्थित स्थानीय बासिन्दाको जिज्ञासाको जबाफ दिने क्रममा नेकपा गण्डक ब्युरो इन्चार्ज भुजेलले नेपाल सरकार र पार्टीबीच भएको वार्ता र तीनबुँदे सहमतिका बारेमा बाहिर भ्रम छर्ने काम भइरहेको भन्दै त्यस्ता भ्रमका पछाडि नलाग्न आग्रह गरिन् । उनले नेकपाले विद्यमान संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गरेरै छोड्ने प्रतिबद्धता पनि जनाइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :