युवा संगठन कालिकोटको एरिया भेला सम्पन्न

युवा संगठन कालिकोटको एरिया भेला सम्पन्न

काठमाडौँ : युवा संगठन नेपाल, कालिकोट एरिया नम्बर २ को भेला सम्पन्न भएको छ । भेला विपीनको सभापतित्वमा र संगठनका कालिकोट जिल्ला अध्यक्ष आत्मा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । भेलामा विशेष अतिथिहरु नेकपाका भेरी कर्णाली ब्युरो सदस्य विराट, नेकपाका कालिकोट जिल्ला सेक्रटरी पदम विक ‘साहसी’, स्कुलिङ विभागका सदस्य किरण युवा संगठन नेपालका उपाध्यक्ष कल्पना मल्ल लगायतको उपस्थिति रहेको थियो ।भेलामा प्रमुख अतिथि आत्मा क्षेत्रीले विद्यमान सरकारले पैदा गरेको भ्रष्ट्राचार, कमिशन, सामाजिक विकृतिका विरुद्ध युवा संगठन नेपाल लड्ने बताए। कार्यक्रमका विशेष अतिथि विराटले नेपाली जनताले त्याग, बलिदान गरेको माओवादी पार्टी र नेता प्रचण्डले दलाल पुँजिवादमा गरेको आत्मसमर्पणबाट संसदिय पुँजिवादी संघिय लोकतान्त्रिक व्यवस्थामा लिएको आर्थिक क्रान्ति र वाम एकता ध्वस्त भएको बताउँदै आफ्नो पार्टीले क्रान्तिको अधुरो कार्यभार पूरा गर्ने दाबी गरे । वैज्ञानिक समाजवादी व्यवस्था नै अहिलेका सबैखाले संकट समाधानकाे उपाए भएकोले यसका लागि संयुक्त मोर्चा कसेर अगाडि बढ्न सबैलाई अपिल पनि गरे ।  नेकपा कालिकोट सेक्रेटरी पदम विक ‘साहसी’ ले देशमा अहिलेको संकटको मूल जरो दलाल पुँजिवादी संसदवादी संघिय लोकतान्त्रिक व्यवस्था नै भएको बताए । अर्का वक्ता किरण र कल्पनाले भेला सफलताको शुमकामना दिएका थिए । भेलामा स्थानिय जनसमुदायको उलेख्य सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :