काठमाडौँ :नेपालमा संसदीय ब्यवस्थाको असफलता र अबको विकल्पको विषयमा राष्ट्रिय जागरण मञ्च, नेपालले विशेष अन्तरक्रिया कार्यक्रम गरिरहेको छ । काठमाडौँको हार्दिक होटेलमा आइतबार अर्थात आज दिउँसो १२ बजेदेखी शुरु भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी–माओवादी)का नेता सिपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपक चलाउने, नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की, नेकपा निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष बन्धु चन्द, वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारी, लगायतको उपस्थिति रहेको छ । कार्यक्रमको अध्यक्षता राष्ट्रिय जागरण मन्चका अध्यक्ष गुणराज लोहनीले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्