नेपाल सरकार र नेकपा बीचको वार्ता ३ बुँदे सहमती र क्रिया–प्रतिक्रियाहरु

नेपाल सरकार र नेकपा बीच भएको वार्ता र वार्तामा भएका ‘३ बूँदे सहमति’ गत फागुन २१ गते एक कार्यक्रम मार्फत सार्वजनिक भएकोछ । यस बिषयमा चर्चा परिचर्चाहरु भइनै रहेका छन् । ती ३ बूँदे सहमति यस्तो थियो —
नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी बीच निम्नलिखित सहमति भएको छ –

१. हामी दुबै पक्ष (नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशका राजनैतिक समस्याहरु वार्ता तथा सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।

२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ ।

३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकताको रिहाई, सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

सबैलाई थाहा छ, नेपाल कम्युनिस्ट पार्टी गत २०७३/७४ मा भएका तीनै तहका चुनावहरुमा नेपालका सबै राजनीतिक दलहरु (पार्टीहरु) यो संसदीय चुनाव र दलाल सत्तामा सहभागी बन्न तछाडमछाड गर्दै भाग लिन गएको बेला एकलै जनताको पक्षमा सतिसाल झैं उभिएर देशी तथा विदेशी प्रतिक्रियावादीहरुको चुनौतिको सामना गर्दै आएको पार्टी हो । २०७५ साल फागुन २८ यता पूरा दुई बर्ष प्रतिबन्धको सामना गरेर आएको पार्टी पनि हाम्रै पार्टी हो ।

दश बर्षको जनयुद्धको इमान बेचिँदा र देशका नदी– नाला बेचिँदा, प्राकृतिक साधन श्रोतहरु लुटिँदा, देशमा भ्रष्टाचार र अत्याचारले सीमा नाघ्दा, महँगीले जनताको ढाड सेक्दा, सीमा मिचिदा, असमान सन्धी सम्झौताहरु लादिँदा, लाखौं युवाहरुलाई बिदेश लगारिँदा, चेलीछोरीहरु बेचिँदा, बलात्कृत हुँदा, राष्ट्रियतामाथि हस्तक्षेप हुँदा, जनतामाथि शोषण, दमन, उत्पीडन, अन्याय–अत्याचार थोपरिदा, नेपालीहरु राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा अपमानित हुँदा सडकबाट औंला ठड्याउने र जनताका पक्षमा इमान्दारीका साथ उभिएको पार्टी नेकपा नै हो ।

अफ्ठ्यारो र राष्ट्रिय संकटको बेला पनि अविचलित रुपमा देश र जनताको पक्षमा उभिने पार्टी हाम्रै पार्टी र लीडरशीप हो ।

त्यसैले यो देशमा नेकपा एक वैकल्पिक राजनैतिक शक्तिको रुपमा आएको छ । देशका समस्याहरुलाई केन्द्रमा राखेर मुलुक र जनताको भविष्यका खातीर एकीकृत जनक्रान्तिको भण्डा उठाएर राज्यसंग राजनैतिक बिद्रोह गर्ने पार्टी पनि हाम्रै पार्टी हो । त्यसैले राज्यवाट प्रतिबन्धको सामना गर्ने र अहिले सरकारसंग आवश्यक बिषयमा वार्ता गर्न तयार हुने पनि हाम्रै पार्टी बन्यो ।

एउटा बैकल्पिक शक्ति वा बिद्रोही पार्टीको नाताले सरकारसंग ‘वार्ता वा संघर्ष’ कसरी जाने ? भन्ने हक पनि नेकपासंग थियो । त्यसैले वार्ता गर्न तयार भयो र नै सरकारले पनि वार्तामा ल्याउन उपयुक्त ठान्यो । हाम्रो पार्टीले पनि जससंग बिद्रोह गरेको थियो त्यससंग वार्ता गर्न तयार भयो । यो इतिहासको आवश्यकता थियो ।

यी ‘दुई पक्ष र प्रतिपक्ष’ नै अहिलेको नेपालको समस्या समाधानका दुई उत्तरदायी पक्ष हुन् । जनताप्रति उत्तरदायी र जिम्मेवारी हुनुका नाताले, देश र राष्ट्रिय स्वाधिनताको पक्षमा उत्तरदायी र जिम्मेवारी हुनुका नाताले यी दुई बीच देश र जनताका समस्याहरुको पहिचान र यसको समाधान गर्ने बिषयमा जुन वार्ता प्रक्रिया अगाडि बढेको छ र जुन सहमति बनेको छ ३ बूँदामा यसले प्रारंभिक रुपमा सकारात्मक भाव बोकेर आएको छ । यसलाई सबैले सकारात्मक रुपमा लिन जरुरी छ ।

यहाँ वार्ता बारे चर्चापरिचर्चा, विभिन्न क्रियाप्रतिक्रियाहरु, हल्लाखल्लीहरु चलिरहेका छन् ती पनि अस्वभाविक छैनन् । यो चलिरहने प्रक्रिया हो ।

विभिन्न क्रियाप्रतिक्रियाहरु बारे :

कुनै पनि बिषयमा को ले के बोल्छ त्यो उसको दृष्टिकोण हो । मैले के बोलें र के लेखें व्यक्तिगत रुपले यो मेरो दृष्टिकोण र धारणा हो । अहिले वार्ता बारे जो ले जे बोली रहेछन् ती तिनका दृष्टिकोण र धारणाहरु हुन् ।

यहाँ हल्ला जे पनि हुन्छ । यस बारे बिभिन्न क्रिया– प्रतिक्रियाहरु चलिरहेका छन्, चल्नु स्वभाविक पनि छ । यो बेला बखतमा चल्ने गर्दछ र चलिरहन्छ किन कि नेपाल शान्तिको स्थायित्व नभएको देश हो । त्यसको एउटा कारण नेपाल चीन र भारतको बीचमा छ । चीन कम्युनिस्ट व्यवस्था भएको देश, भारत कम्युनिस्ट बिरोधी व्यवस्था भएको देश । यी दुईको प्रभाव नेपालमा प्रत्यक्ष वा अप्रत्यक्ष पर्छ र पर्दै आएको छ । त्यसकारण नेपाललाई बाहिरबाट पनि विभिन्न दृष्टिले हेर्ने गरिन्छ । कोहीले भारतसंग जोडेर त कोहीले चीनसंग जोडेर । राजनीतिक रुपमा पनि नेपालमा यी दुई देशको प्रभाव नपर्ने कुरा भएन । यसमा पनि भारतीय प्रभावले बिशेष स्थान राख्दछ । भारतसंगको खुला सीमा र नेपालप्रतिको भारतीय दृष्टिकोणले गर्दा नेपाली राजनीति र नेपाली समाज जहिल्यै पनि तरल भइरहन्छ, कहिल्यै शान्त र स्थिर हुन सकेन, हुन पनि दिदैनन् । साथै यो पनि सत्य हो कि नेपलाप्रतिको भारतीय दृष्टिकोण सकारात्मकभन्दा नकारात्मक बढी छ । यो दृष्टिकोण नबदलिदासम्म यो अस्थिरता, अशान्ति र तरलता कायम रही रहन्छ र वार्ताहरु पनि भइरहने छन् र भएनभएका हल्लाहरु पनि सकारात्मक वा नकारात्मक कोणबाट भइ नै रहनेछन् । षड्यन्त्रका तानावानाहरु पनि बुनी नै रहने छन् ।

यी दुई छिमेकी देशहरुबाहेक वाहिय शक्ति केन्द्र (राष्ट्र हरुको दृष्टि पनि नेपालमा सोझो वा कताक्ष रुपमा परिनै रहन्छ । आन्तरिक र बाहिय हस्तक्षेप पनि उतिकै छ, जसले नेपाली राजनीतिलाई कहिल्यै स्थिर र स्थायित्व दिन नसकिरहेको नेपाली समाजको यथार्तता हो । नेपाली जनता र नेपाली समाजले यो अवस्था संसदीय व्यवस्था रहँदासम्म र वैज्ञानिक समाजवादी व्यवस्थाले स्थान नलिँदासम्म यो नियति भोगिरहनु पर्ने छ ।

केही महिना अगाडिसम्म सरकारमा डब्बल नेकपा नामको पार्टीको नेतृत्वमा केपीओलीको झण्डै दुई तिहाई बहुमतको सरकार थियो । यसबाट सायद सायद जनताले धेरै अपेक्षा गरेका थिए । आफ्नो आन्तरिक अन्तरविरोध र संकटका कारणका दुई तिहाईको सरकार पनि धरापमा पर्यो । प्रम ओलीले आन्तरिक किचलोका कारण संसद बिघटन गर्नु परेको बताए पनि यसको एउटा मुख्य कारण पर्दा पछाडिका शक्तिकेन्द्रहरुको चलखेल र भूमिकाले काम गरेको थियो । पछि सर्वोच्चले पुनस्थापना गर्दा पनि बिदेशी चलखेल रहेको तथ्य पनि स्वयं प्रमबाटै उजागर भयो । पहिलो कदमले व्यवस्था र संबिधानमै संकट पर्ने देखेपछि फेरी उनीहरु कै दवाव र पहलमा संसदको पुनस्थापना गर्न पुगे । यो परिघटनाहरुले के स्पष्ट गर्दछन् भने नेपालको राजनीतिमा शक्ति केन्द्रहरुको पकड कति जबरजस्त छ भन्ने स्पष्ट हुन्छ । त्यसैले नेपाली समाज र नेपाली राजनीतिक स्थायित्व, बिकास र समृद्धिको पहिलो गाँठो राष्ट्रिय स्वाधिनतामै परेको छ । यसले नेपाली राजनीतिको स्वतन्त्र भूमिका र पहलमा कुनै पनि कार्य हुन दिदैन । दोस्रो नेपाली समाज र नेपाली जनताको एकता, बिकास र समृद्धिको बाधक यो संसदीय व्यवस्था हो जसले नेपाली जनता र राजनीतिलाई युनिफाइड र एकताबद्ध बनाउनुको सट्टा दुई जना हुँदासम्म फुटाइरहने र एक हुन नदिने, ५÷५ बर्षमा गरिने आवधिक चुनावहरुमा जनतालाई पैसामा किन्ने, उमेदवार किन्ने र दलाल सत्ता बनाउने, कुर्चीका लागि लुछाचुँडी गर्ने, पदमा पुगेर राजनीतिलाई कमाई खाने भाँडो बनाएर राजनीतिलाई भ्रष्टिकरण गर्ने काम हुँदै आएको छ । यसैमा शक्तिकेन्द्रहरु मजाले खेल्ने र खेलाउने ठाउँ पाउँछन् र पाइरहेकाछन् । डब्बल नेकपाको जुन हालत देखियो, नेपाली काँग्रेसको जुन हालत छ यो सबै बहुलवाद र संसदीय व्यवस्थाकै करामत हो ।

नेपालमा दश वर्षको जनयुद्ध सिध्याउने रणनीति पनि यसै खेल अन्तर्गत भएको थियो । नेपालमा कम्युनिस्टहरु र कम्युनिस्ट सरकारलाई देख्नै नसक्ने साम्राज्यवादी दृष्टिकोणको पछिल्लो शिकार संसदवादी नै भए पनि अहिलेको केपी ओलीको नेतृत्वको कम्युनिस्ट सरकार बन्न पुगेको छ । हिजोको १० बर्षको माओवादी जनयुद्ध पनि यसरी नै साम्राज्यवादी षड्यन्त्रको शिकार भएको थियो । यसैमा असहमति जनाउँदै हामीले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसंग सम्बन्ध बिच्छेद गर्नु परेको थियो । यो हाम्रो आन्तरिक बिद्रोह थियो । यसमा पनि यो परिस्थिति बनाउने भूमिकामा शक्तिकेन्द्रहरुकै हात थियो । अर्को पक्ष देशको हरेक पक्षमा हाम्रो आन्तरिक वा बाहिय मामिलामा हरपल, हरक्षण, हरकदम, हरपक्षमा बिदेशी हस्तक्षेप र दवाव भइरह्यो र भइरहेको छ । त्यसको प्रत्यक्ष टक्कर फेरी दलाल तत्वहरुसंग भइनै रह्यो । त्यो पनि हामीले सहन सकेनौं । शान्ति वार्तामा भएका सहमतिहरु भाँड्ने र शान्ति प्रक्रियालाई दिगो शान्तिमा परिनत हुन नदिन अनेक प्रपञ्चहरु रचियो । जसको परिणाम नेपालमा दलाल पुँजीवादी राज्यसत्ता स्थापना भयो जो हाम्रा निम्ति असह्य बन्न पुग्यो । यसैका कारण राज्यसंग पनि हामीले राजनैतिक बिद्रोह गर्यौं । यो हाम्रो राज्यसंगको बिद्रोह थियो ।

यसैको कारण सरकारले २०७५ फागुन २८ गते हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो । संयोगले भनौं या नियोजित हो प्रतिबन्ध लगाउने र प्रतिबन्ध बेहोर्ने बिद्रोही पार्टी दुबै कम्युनिस्ट बने । बिद्रोह गर्ने हाम्रो पार्टी नेकपा, दमन गर्ने केपीओली र प्रचण्ड नेतृत्वको पार्टी डब्बल नेकपा र यसको सरकार । तर हामीले सशस्त्र बिद्रोह गरेका थिएनौं, राजनैतिक बिद्रोह ग¥यौं र एकीकृत जनक्रान्ति अगाडि बढायौं । सरकारमा र सडक संघर्ष दुबैको नेतृत्व गर्ने कम्युनिस्ट पार्टी नै हुन पुगे । सायद इतिहासमा यस्ता घटनाहरु बिरलै हुने गर्दछन् ।

पछिल्लो समयमा सत्तामा बसेको कम्युनिस्ट पार्टीमा संकट गहिरिदै गयो, यो अन्तरबिरोध बाहिरै छटाछुल्ल भयो, संकट चरमचुलीमा पुग्यो । पार्टी साँगठनिक हिसावले फुटी नै सक्यो । हामी भने उनीहरुले लगाएको प्रतिबन्धलाई पचाउँदै अगाडि बढीरहेका थियौं । सायद वाहिय वा आन्तरिक संकटहरुका कारण सरकारले यो सोच्न करै लाग्यो कि स्थितिलाई काबुमा लिन हामीमाथि लगाएको प्रतिबन्ध हटाउन पुनरबिचार (च्भतजष्लप) गर्नु पर्ने भयो । हामी पनि प्रतिबन्ध हटाएर खुला राजनीति गर्न चाहन्थ्यौं, किन कि हामी युद्ध लडिरहेका थिएनौं एकीकृत जनक्रान्ति गरिरहेका थियौं । अनायासै हामी माथि दमन गरिएपछि हामीले त्यसको प्रतिरोध गर्नु हाम्रो बाध्यकारी कदम बनेको थियो । कसैलाई यो भ्रम नपरोस कि ‘खुला राजनीति’ गर्ने भन्नुको अर्थ ‘संसदीय व्यवस्था मान्नु’ हो । कसैलाई यो भ्रम परेको भए कृपाया सोच सच्याउनु होला । खुला राजनीति गर्नुको अर्थ खुला रुपमा जनतामा हाम्रो बिचार र राजनीति पुर्याउने, बिना कुनै प्रतिबन्ध, बिना कुनै सशस्त्र द्वन्द, शान्तिपूर्ण रुपले राजनीतिक गतिविधि गर्न पाउने हकको उपभोग गर्ने भनेको हो । त्यसैले यो कुनै आत्मसमर्पण थिएन बरु सरकार पक्षसंग खुला राजनीतिबाट यसको सुनिश्चित गर्नु थियो ।

प्रम ओलीले आन्तरिक किचलोका कारण संसद बिघटन गर्नु परेको बताए पनि यसको एउटा मुख्य कारण पर्दा पछाडिका शक्तिकेन्द्रहरुको चलखेल र भूमिकाले काम गरेको थियो । पछि सर्वोच्चले पुनस्थापना गर्दा पनि बिदेशी चलखेल रहेको तथ्य पनि स्वयं प्रमबाटै उजागर भयो । पहिलो कदमले व्यवस्था र संबिधानमै संकट पर्ने देखेपछि फेरी उनीहरु कै दवाव र पहलमा संसदको पुनस्थापना गर्न पुगे । यो परिघटनाहरुले के स्पष्ट गर्दछन् भने नेपालको राजनीतिमा शक्ति केन्द्रहरुको पकड कति जबरजस्त छ भन्ने स्पष्ट हुन्छ । त्यसैले नेपाली समाज र नेपाली राजनीतिक स्थायित्व, बिकास र समृद्धिको पहिलो गाँठो राष्ट्रिय स्वाधिनतामै परेको छ । यसले नेपाली राजनीतिको स्वतन्त्र भूमिका र पहलमा कुनै पनि कार्य हुन दिदैन ।

यता सरकार पक्षबाट हामीमाथि कसैको दवाव र दिजाइनमा प्रतिबन्ध लगाएको भए पनि, आफ्नै क्षणिक आवेग र प्रतिशोधले लगाएको भए पनि त्यो आफ्नै निम्ति प्रतिउत्पादक बन्नु पथ्र्यो, बन्यो र आगामी दिनहरुमा झन प्रतिउत्पादक मात्र होइन यसको दीर्घकालिक परिणाम निकै खराव हुन जान निश्चित थिायो । यदि अलि परसम्म राजनीति गर्ने हो भने एउटा राजनीतिज्ञले क्षणिक आवेगको भरमा राजनीति गर्नु प्रतिउत्पादक नै हुन्छ त्यो बुझ्न सक्नु र फेरी आफूले गरेका कमजोरी र गल्तीहरुलाई सच्याउँदै अगाडि बढ्नु नै उसको निम्ति फलदायी हुन्छ । सायद केपीओलीले दुई बर्ष पछि आएर यति गार्नु र सोच्नुलाई बुद्धिमतापूर्ण कार्य हो (कम्तीमा अर्को अबुद्धिमतापूर्ण काम नदोहरिँदासम्म) भन्नु पर्छ । यसको निम्ति अव आफैले लगाएको ‘कालो’ आफैले पुछेर जानुको विकल्प रहेन । यो स्थिति र अवसर पनि केपी ओलीलाई नै जुर्यो । यसो नगरे उसलाई इतिहासले ठूलो दण्ड दिने निश्चित थियो । पुराना मान्छे भन्छन् ‘पाप नपखालेर जाने मान्छेले पुनासमा दुःख पाउँछ’ । हो यो दाग नपखाले भविष्यमा दुःख पाइन्छ भन्ने कुरा एउटा राजनीतिज्ञले नबुझ्ने हो भने उ राजनीतिज्ञ पनि बन्दैन र देश कसरी चलाउन सक्दछ । सरकारमा रहँदा होस या नरहँदा, यो अपवित्र कार्यले अनन्त कालसम्म पश्चातापले मान्छेलाई भटभटी पोलिरहन्छ । त्यसैले यो बुझेर नै केपीओलीले त्यो कालो पोत्ने आँट गर्यो किन भने यसलाई कसैले वा आफैले कुनै दिन पोत्नु नै पर्ने थियो, चाहे त्यो प्रचण्ड, देउवा जो आए पनि पोत्नै पथ्र्यो, केपीले त झन पथ्र्यो किन कि यो आफ्नै नेतृत्वको सरकार र आफैले गरेको निर्णय थियो यो । यति काम प्रधानमन्त्री केपीओलीले गर्नुलाई अन्यथा लिनु जरुरी छैन । यदि यसमा ‘दिजाइन र षड्यन्त्र’ छैन, ‘साँच्चै इमान्दारिता जगमा उभिएको छ’ भने यो कदम सकारात्मक र जिम्मेवारीपूर्ण कदम हो ।

अर्को कुरा वार्ता वार्ता गर्नका लागि मात्र हुनु हुँदैन । वार्ताको साइनो देशको समस्या समाधान गर्ने कि नगर्ने, जनताको समस्या समाधान गर्ने कि नगर्ने, समस्या समाधानको खोज र निराकरण गर्ने कि नगर्ने ? भन्ने कुरासंग हुन्छ । वार्ता भनेको समस्याहरुको प्रस्तुतीकरण, महसुसीकरण र आत्मसातीकरण, निराकण हो र समस्याहरुको समाधानतिरको सोच र पाइला पनि हो । यसमा दुबैपक्ष कति इमान्दार वा बेइमान हुने ? भन्ने कुराले वार्ता कति फलदायीपन, सफलता र असफलताको मापन गर्दछ । वार्तामा दुई मध्ये कुनै एक पक्षले बेइमानी गर्यो भने वार्ता बिथोलिन्छ ।

वार्तालाई एकपक्षीय होइन द्वन्दवादी दृष्टिकोणले हेर्नु पर्छ । कुनै पनि कदम वा कार्यका सकारात्मक र नकारात्मक दुबै पक्षहरु हुने गर्दछन् । तर सबैले यसलाई सकारात्मक कसरी बनाउने भन्ने तर्फ कोशिस गरियो भने त्यो सकारात्मकतातिर जान्छ, नकारात्मक बनाउनेतिर लागियो त्यो नकारात्मकतातिर जान्छ । थालनी नै गलत भयो भने त त्यो झन गलत हुन्छ । षड्यन्त्रको जगमा भएको हो भने यसको झनै गलत हुन्छ । कम्तीमा यसमा न्यूनतम इमान्दारिता र जिम्मेवारीपन हुन आवश्यक हुन्छ । सायद अहिलेको वार्ता प्रक्रियामा सरकार पक्ष र बिद्रोही नेकपा दुबैमा न्यूनतम इमान्दारिता छ भन्ने कुरा यसका प्रारंभिक सफल प्रयास र पहलहरुले संकेत गर्दछन् । अरु भोलीका दिनहरुलाई पनि सकारात्मक दिशा दिने नदिने बिद्रोही र सरकार पक्षको हातमा मात्र नभएर सबैको जिम्मेवारी पनि हो । सबैले सकारात्मक दिशा दिन प्रयास गरौं, यो हाम्रो आग्रह छ । भोलीको परिणाम के हुन्छ त्यो भविष्यको गर्भमा छ । कम्तीमा आजको यो पाइलो सकारात्मकताबाट शुरु भएको छ । यसलाई सकारात्मक रुपमा लिनेहरु, सहयोगात्मक भूमिका खेल्ने सबैलाई धन्यवाद छ तर यहाँ केही मानिसहरु यो वार्ता प्रक्रियाबाट झस्किएका पनि छन् । झस्किनेका दुई कारण छन् —

एउटा पक्ष छ जो यो वार्ता सफल भएको हेर्न चाहन्नन् र भड्काउन चाहन्छन् । यसमा एक बिदेशी चलखेल छ । दोस्रो स्वार्थी र दलालहरुको जमात छ । उनीहरु आफ्नो स्वार्थमाथि धक्का लाग्न जाने देखेमा सकेसम्म भड्काउन चाहन्छन् । यसमा दुबै पक्ष र जनता समेत सचेत हुनु पर्छ ।

दोस्रो झस्किने पक्ष पनि छन् ती नियतिमा राम्रो र सकारात्मक अपेक्षा (Positive Aspects) राख्छन् । राम्रै अपेक्षा गर्दछन् तर बिगतका नकारात्मक घटनाहरुले उनीहरुलाई झस्काउँछ । ‘अगुल्ठोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ’ भन्ने उखान यसमा लागु हुन्छ । यसको लागि ती मित्रहरुलाई नझस्किन र सकारात्मक परिणामतिर मद्दत गर्न आग्रह गर्दछु किन कि स्वाभिमानहरुका लागि वार्ता कुनै बाध्यताको बिषय हुँदैन । सकारात्मक दिशा पकडे यसले भोलीका ठूला–ठूला चुनौतिहरुको हल गरेर जान पनि तयार हुन्छ र यो धरै परसम्म जान पनि सक्छ, यदि नकारात्मक बिरासत पकड्न लाग्यो भने यसले बाध्यात्मक दिशा पकड्न कुनै जरुरी हुँदैन ।

एउटा अर्को सकारात्मक पक्ष यो छ कि

पहिलो पक्ष, यस पालिको वार्ता संभवतः सहि अर्थमा दवाव (प्रेसर) मुक्त छ । यसमा नेकपा पूर्ण स्वतन्त्र छ र लाग्छ एक हदसम्म राज्यपक्ष पनि स्वतन्त्र छ । परिणामले कम्तीमा पनि दुबै पक्ष निर्णय गर्न स्वतन्त्र छन् र यदि आगामी दिनहरु पनि स्वतन्त्रतापूर्वक छलफल गर्ने र बिना प्रेसर निर्णय गर्ने वातावरण बनेमा यसले सकारात्मक दिशा पकड्ने संभावनालाई संकेत गर्दछ ।

दोस्रो पक्ष, के छ भने यो वार्ता नेपालको इतिहासमा पहिलो नभएकोले बिगतका वार्ताहरुका शिक्षाहरुको जगमा उभिएको छ ।

तेस्रो पक्ष, हामी हाम्रो क्रान्तिकारी जीवन प्रक्रियामा यो दोस्रो पटकको वार्ता हो । यसका संभावित सकारात्मक नकारात्मक पक्षहरुसंग कम्तीमा हामी अनविज्ञ र अपरिचित छैनौं । अहिलेसम्मका प्रारंभिक छलफल र निर्णयहरुले सकारात्मक संकेतहरु दिइरहेको छ । आशा गरौं यो देश र जनताको लागि ‘शुभलाभ’ सावित होस ।

२९ फागुन २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :