त्रिवेणी गाउँ कमिटीको राजनीतिक वैचारिक प्रशिक्षण तथा बैठक सम्पन्न

त्रिवेणी गाउँ कमिटीको राजनीतिक वैचारिक प्रशिक्षण तथा बैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको त्रिवेणी गाउँ कमिटी स्तरीय राजनीतिक वैचारिक प्रशिक्षण तथा बैठक कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ ।

त्रिवेणी गाउँ कमिटीका इन्चार्ज अशिमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रोल्पा जिल्ला सेक्रेटरी शोभाराम राना, अतिथिहरु रोल्पा नगर कमिटीका इन्चार्ज प्रभात, दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सेवक, रुन्टीगढी गाउँ कमिटीका पूर्व इन्चार्ज सन्देश, जनसत्ता प्रमुख वेदबहादुर खड्का, युवा संगठन रोल्पाका जिल्ला सह–सचिव टिकाराम राना, पूर्व जनमुक्ति सेनाका कमान्डर संगम, हिरासत जीवन बिताएर आउनु भएका जीवन, समुन्द्र लगायत दश वर्षको जनयुद्धमा आवद्ध भएका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

उक्त बैठकमा धेरै व्यक्तिहरुले आ–आफ्नो रिपोर्टसहित जिज्ञासा राखेका थिए, अतिथिहरुले मन्तव्य राखेका थिए भने उठेका प्रश्नमा आधारित रहेर प्रमुख अतिथि शोभाराम रानाले आफ्नो भनाई राख्दै प्रतिबन्ध फुकुवा भइसकेपछि अब शक्ति संचित गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत आम जनताको माँझ पार्टीको राजनीतिक वैचारिक तथा सांगठनिक, आर्थिक र संघर्षका कार्यक्रमहरु सशक्त रूपमा बढ्ने बताए ।

करिब एकसय जना नेताकार्यकर्ताको उपस्थिति रहेको उक्त बैठकमा स्वागत मन्तव्य युवा संगठन त्रिवेणीका अध्यक्ष प्रेम ओली ‘सौरभ’ ले राखेका थिए भने सञ्चालन त्रिवेणी गाउँ कमिटीका सेक्रेटरी भावुकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :