तीनदिने आधारभूत पत्रकारिता तालिम जारी

तीनदिने आधारभूत पत्रकारिता तालिम जारी

काठमाडौँः रातोखबर प्रकाशन गृह प्रा.लि. र जनपत्रकार संगठन नेपालको संयुक्त आयोजनामा गरिएको तीनदिने आधारभूत पत्रकारिता तालिम काठमाडौँमा जारी रहेको छ । तालिमको दोस्रो दिन मंगलबार पनि विभिन्न प्रशिक्षकहरुले तालिम दिएका छन् ।

तालिमको दोस्रो दिन नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले पत्रकारिता के हो, समाचार कसरी बनाउने र पत्रकारिताको महत्वबारे प्रशिक्षण दिएका छन् ।

त्यस्तै प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा अधिवक्ता बोर्णबहादुर कार्कीले मिडिया र कानुनको बारेमा प्रशिक्षण दिएका छन् । त्यसैगरी तालिमको दोस्रो दिनमा नै नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजिर मगरले जनपक्षीय पत्रकारिता के हो, जनपक्षीय पत्रकारले खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिए छन् । यस्तै तालिममा रातोखबर प्रकाशन गृह प्रा.लि.का पूर्व निर्देशक अनिल शर्मा विरहीले प्रशिक्षण दिएका थिए ।

तालिममा पूर्वी नेपालका विभिन्न जिल्लाबाट गरी ३३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । जनपक्षीय पत्रकारहरुको उत्पादन र विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालिमको बुधबार समापन गरिनेछ ।

तालिमको उद्घाटन सोमबार काठमाडौँको हार्दिक होटेलमा एक समारोहका बीच नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :