महासचिव विप्लवले तौलिहवा कारागारका बन्दीहरूलाई भेटे

महासचिव विप्लवले तौलिहवा कारागारका बन्दीहरूलाई भेटे

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र पार्टीका केन्द्रीय सदस्य कृतिले कपिलवस्तु जिल्लाको तौलिहवा कारागारमा रहेका आस्थाका राजबन्दीहरूलाई भेटघाट गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका लुम्बिनी ब्युरो सदस्य तथा तत्कालिन रूपन्देही जिल्ला इन्चार्ज संगम, थारू राष्ट्रिय मुक्ति मोर्चाका महासचिव नवीन थारू, गणेश चौधरी र दुर्गा रोकालाई नेकपाका महासचिव ‘विप्लव’ र पार्टी केन्द्रीय सदस्य कृतिले मंगलबार भेटवार्ता गरेका हुन् ।

प्रहरीले संगम, नवीन थारू, गणेश, दुर्गा रोका, पारससहित १० जनालाई १६ साउन, २०७७ मा रूपन्देहीबाट गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :