आधारभूत पत्रकारिता तालिम शुरु

आधारभूत पत्रकारिता तालिम शुरु

काठमाडौँ : रातोखबर प्रकाशन गृह प्रा.लि. र जनपत्रकार संगठन नेपालको आयोजनामा आज अर्थात सोमबार देखि ३ दिने आधारभूत पत्रकारिता तालिम शुरु भएको छ ।

काठमाडौँमा शुरु भएको तालिमको पहिलो दिन रातोखवर प्रकाशन गृहका पूर्व निर्देशक तथा लेखक गुणराज लोहनीले मिसन पत्रकारिताको विषयमा प्रशिक्षण दिएका छन् । प्रक्षिणमा बोल्दै लोहनीले ठूला मिडिया हाउसहरुले ब्यावसायिक पत्रकारिताको नाममा निकै ठुलो मिसन पत्रकारिता गरिरहेको भन्दै यसको पहिलो शुरुवात टाइम्स अफ इन्डियाले गरेको बताए । साथै उनले मिशन पत्रकारिता भन्दा बाहिर कोही नहुने दाबी गरे ।

प्रशिक्षणमा पुर्वी क्षेत्रका जिल्लाहरुबाट ३२ जना प्रशिक्षार्थीहरु सहभागी छन् । तालिमको उद्घाटन नेकपाका सचिवालय सदस्य धर्मेन्द्र वास्तोलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :