युवा संगठन नेपालको मेची–कोशी ब्युरोको बैठक सम्पन्न

युवा संगठन नेपालको मेची–कोशी ब्युरोको बैठक सम्पन्न

झापा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालको मेची–कोशी ब्युरोको प्रथम पुर्ण बैठक सम्पन्न भएको छ । झापामा सम्पन्न भएको बैठकको अध्यक्षता संगठनका ब्युरो इन्चार्ज सुवासले गरेका थिए ।

बैठकमा पार्टीका मेची–कोशी ब्युरो इन्चार्ज प्रकाशको प्रमुख अतिथ्यता एवम् संगठनका केन्द्रीय निवर्तमान उपाध्यक्ष तथा चौथो रास्ट्रिय सम्मेलन आयोजक कमिटीका सदस्य दिनेश, ब्युरोका जबस इन्चार्ज श्रीजन र झापाका पार्टी सचिव श्रीजंगको आतिथ्य रहेको थियो ।

हिजो सम्पन्न बैठकमा एकीकृत जनक्रान्तिमा युवाहरूको भुमिका अग्र मोर्चामा हुनुपर्ने र सामाजिक विकृति बिसङ्गतीको विरुद्धमा भण्डाफोर गर्दै युवाहरूको संगठनलाई बिस्तार गर्दै जस्तोसुकै मुल्य चुकाउनु परेपनि तयार रहनुपर्ने प्रमुख अतिथि प्रकाशले दिशानिर्देशन गरेका थिए ।

यसैगरी बैठकलाई सम्बोधन गर्ने क्रममा व्यापक युवाहरुको संगठन बिस्तार गर्दै दलाल पुँजीवादको विरुद्ध संघर्ष गर्ने र बैज्ञानिक समाजबादी ब्यवस्थाको स्थापना गर्न कठोर बलिदानीपूर्ण यात्रा तय गर्नुपरे पनि युवाहरू तयार रहेको कार्यक्रमका अतिथि दिनेशले बताए ।

बैठकमा उपस्थित अतिथिहरूले सुभ–कामना आदान–प्रदान गर्दै आगामी कार्यदिशा र युवाहरूको भुमिका विषयमा समेत छलफल गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :