नेकपाकी नेतृ भुजेलको घरमा पक्राउ पुर्जी

नेकपाकी नेतृ भुजेलको घरमा पक्राउ पुर्जी

काठमाडौँ : हालै सरकार र विद्रोही नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमति अनुसार नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण गतिविधि शान्तिपूर्णरुपले गर्ने भएको छ । दुई पक्षिय सहमति अनुसार नेपाल कम्युनिस्ट पार्टीले आफ्ना जनवर्गीय संगठनहरुका भेला सम्मेलन सम्पन्न गर्न र संगठन गठन पुर्नगठनतिर लागेको छ ।

दुई पक्षको सहमति अनुसार सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ र सो पार्टीका जेल हिरासतमा रहेका नेता कार्यकर्ताहरु रिहा हुने प्रक्रियामा छन् । तर प्रहरीले भने नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरुका घरहरुमा पक्राउ पुर्जी पठाउने काम रोकेको छैन । आज अर्थात सोमबार बिहान ८ बजे मात्र नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उमा भुजेल ‘शिलु’को गोर्खा भच्चेक काफलडाँडामा रहेको घरमा प्रहरीले पक्राउ पुर्जी टाँसेको छ । जिल्ला अदालत मोरङबाट जारी कर्तब्य ज्यान मुद्दाको उक्त पुर्जी गोर्खाको भच्चेक प्रहरी चौकीका इन्चार्ज सईको नेतृत्वमा गएको प्रहरी टोलीले विहान ८ बजे पुर्जी टाँसेको भुजेलको पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :