रातोखबर र जनपत्रकार संगठनको आयोजनामा आधारभूत पत्रकारिता तालिम हुने

रातोखबर र जनपत्रकार संगठनको आयोजनामा आधारभूत पत्रकारिता तालिम हुने

काठमाडौँ : रातो खबर प्रकाशन गृह र जनपत्रकार संगठनको संयुक्त आयोजनामा काठमाडौँमा तीन दिने आधारभूत पत्रकारिता तालिम संचालन हुने भएको छ । भोली अर्थात चैत्र २ गते सोमबार ११ बजेबाट शुरु हुने उक्त तालिमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका सचिवायल सदस्य तथा विदेश विभाग प्रमुख धमेन्द्र वास्तोला कञ्चनले गर्नेछन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता तथा रातोखबर प्रकाशन गृहका पुर्व निर्देशक अनिल शर्मा ‘बिरही’, प्रकाशन गृहका पुर्व निर्देशक तथा नेकपाका पूर्व केन्द्रीय सदस्य गुणराज लोहनी लगायतको उपस्थिति हुनेछ । उक्त आधारभुत पत्रकारिता तालिममा विभिन्न ठाउँबाट प्रशिक्षार्थीहरु सहभागी हुनेछन् । उक्त तालिमको उद्देश्य जनपक्षीय पत्रकारितामा कलम चलाउने पत्रकारहरु उत्पादन गर्नु रहेको रातोखबर प्रकाशन गृहका निर्देशक वसन्त श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :